Day: २०८१ माघ २९, मंगलवार १५:४० गते

कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

कैलाश गाउँपालिकामा फागुन ८ र ९ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

मकवानपुर ।कैलाश गाउँपालिका तथा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ हुने भएको छ। प्रतियोगिता फागुन ८ र ९ गते कैलाश गाउँपालिका-३, कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। प्रतियोगितामा भलिबल, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटफुट), र तेक्वान्दो लगायतका खेल समावेश छन्। प्रतियोगितामा १८ वर्षमुनिका, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् ।
Read More
फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

फोहोर व्यवस्थापन संकटः हेटौंडामा स्वास्थ्य जोखिम बढ्दो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले माघ २४ गतेदेखि फोहोर संकलन कार्य रोकेपछि अहिले बजार क्षेत्रमा फोहोरको थुप्रो देखिएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले माघ २२ गते राप्ती नदी किनारमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि फोहोर संकलन स्थगित भएको हो। वैकल्पिक डम्पिङ साइटको व्यवस्था नभएकाले नगर क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ, जसले वातावरणीय प्रदूषण र स्वास्थ्य समस्याको जोखिम बढाएको छ। स्थानीयहरू दुर्गन्ध, सङ्क्रमण र सरसफाइको अभावबाट प्रभावित भएका छन्। पसलबाट तथा व्यापारीहरुले प्लाष्टिकहरु एकठाउँमा नराखी सडक छेउमै छोड्ने बानीले पनि थप समस्या निम्ताएको छ । अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.