२०८१ पुष १, सोमबार ११:२८ गते
२०८१ पुष १, सोमबार ११:२८ गते
मकवानपुर । मनहरी गाउँपालिकामा बिहानै स्कारपियो दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जना घाइते भएका छन् । सोमबार बिहान ०५ः३० बजे मनहरी–९ खरङ्गा स्थित पुर्व पश्चिम सडक खण्डमा निजगढ बाराबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कारपियो कार अनियन्त्रित भई सडकको बायाँ साईडमा रहेको विधुतको पोललाई ठक्कर दिई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते हुनेमा टाउकोमा चोट लागेको बाराको निजगढ नगरपालि–७ का ४५ वर्षीय धन बहादुर स्याङ्तान, अनुहारमा चोट लागेको स्याङ्तानकी श्रीमती बर्ष ३८ वर्षीय हरिमायाँ लामा, टाउकोमा चोटको स्याङ्तानका छोरा १३ वर्षीय यरोश तामाङ र अनुहार र…