Day: २०८१ मंसिर १, शनिबार ०८:४१ गते

हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार हेटौंडा–१२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरेका हुन् । यसअघि भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा–१२ नम्वर वडाध्यक्षमा निर्वाचित भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) का प्रमुख बनेसँगै सो पद रिक्त रहेको थियो । रिक्त रहेको उक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । त्यसको लागि प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान केन्द्र…
Read More
हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ प्रतियोगिता हुने

हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ हुने भएको छ । मंसिर ४ गते मंगलबार हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमलाई मंगलबार विहान ७ बजे हेटौंडाको बुद्धचोकमा उद्धाटन गरिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले बताए। हेटौंडाको बुद्धचोक हुँदै भैरवरोड, लक्ष्मि आधारभूत विद्यालय स्कुल, सुर्यचोक, नवोदय स्कुल पार गर्दै, सत्यमचोक, थाहाचोक, सितलमहल चोक, ओमभवन हुँदै पुन बुद्धचोकमा आएर समापन हुने दौड ५ किलोमिटर दुरीको हुने बताइएको छ । ३ लाख रुपैँयाको लागतमा हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.