२०८१ कार्तिक १३, मंगलवार १०:३८ गते
२०८१ कार्तिक १३, मंगलवार १०:३८ गते
मकवानपुर । मकवानपुरको मनहरीमा हुन लागेको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको टिम दर्ता मिति यही कात्तिक २० गतेसम्म रहेको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित गोलघरको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिताको टिम दर्ताको समय सार्वजनिक गरिएको हो । चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । आयोजकले टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकेको छ । प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुनेछ । मनहरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः एक लाख एक हजार १११ रुपैयाँ र ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल…