समाचार

हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–९ र हेटौंडा–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले ७० क्यापसुल लागूऔषध ट्रामाडोलसहित मंगलबार हेटौंडा–९, लामसुरे हाईटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाह नगरपालिका–२ घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्ने वर्ष २३ को शिव शंकर पाण्डे रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । यस्तै, प्रहरीले ७५ एम्पुल लागूऔषध डाईजेपामसहित मंगलबार नै हेटौंडा–१५, रातोमाटे चेकपोइन्टबाट…
Read More

मनहरीमा कात्तिक २३ देखि चैनपुर जेसिज मनहरी कप हुने

मकवानपुर । मकवानपुरको मनहरीमा हुन लागेको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको टिम दर्ता मिति यही कात्तिक २० गतेसम्म रहेको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित गोलघरको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिताको टिम दर्ताको समय सार्वजनिक गरिएको हो । चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । आयोजकले टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकेको छ । प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुनेछ । मनहरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः एक लाख एक हजार १११ रुपैयाँ र ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल…
Read More
रोयल्टी बाँडफाँट सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अन्तरक्रिया

रोयल्टी बाँडफाँट सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अन्तरक्रिया

मकवानपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी तीन तहका सरकारबीच बाँडफाँटका लागि भएका व्यवस्था पुनरावलोकन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया गरेको छ । प्राकृतिक स्रोतको परिचालनबाट अहिले ५० प्रतिशत संघ र २५÷२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा जाने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई पुनरावलोकन गर्नका लागी आयोगले प्रदेश स्तरमा गएर सुझाव संकलन गर्न थालेको हो । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको छलफलमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्राकृतिक श्र्रोतको संरक्षण गर्नेलाई स्वभाविक रुपमा बढी रोयल्टी दिनुपर्ने बताउनुभयो ।…
Read More
हेटौँडामा मंसिर ४ देखि नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

हेटौँडामा मंसिर ४ देखि नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

मकवानपुर । आगामी मंसिर ४ गतेदेखि हेटौँडामा तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । तेस्रो संस्करणको राष्ट्रिय रनिङ सिल्ड फुटबल प्रतियोगितामा देशभरका १८ देखि २० वटा समूहहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिएका छन् । प्रतियोगिताका बिजेतालाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कारसहित रनिङ सिल्ड प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताका विधागत पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिए । हेटौँडा ७ मा रहेको नवज्योति…
Read More
हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । शनिबारबाट ४ दिनसम्म प्रतियोगिता हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर मिनाकुमारी लामाले हेटौंडालाई स्नुकरको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उपमहानगरको तर्फबाट विशेष सहयोग हुने बताइन् । उनले उपमहानगरपालिकाबाट सम्पूर्ण खेल क्षेत्रको विकासको लागि काम भइरहेको समेत बताइन् । प्रतियोगितामा मकवानपुर जिल्लाका स्नुकर खेलाडीहरुले सहभागिता जनाएका छन् । बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर उपाधि जितेको र राष्ट्रियस्तरको च्याम्पियनले प्रतियोगितामा सहभागी भएका खेलाडीले सहभागी हुन नपाउने जनाइएको छ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४ स्थित बुद्ध…
Read More
चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो…
Read More
हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाएको छ । कार्तिक ६ गतेदेखि ९ गतेसम्म ७ वटा कार्यक्रम आयोजना गरेर जेसीजले जेसीज सप्ताह मनाएको हो । शुक्रबार साँझ रिगल हेटौंडा रिसोर्टमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाउँदै जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरे । उनले युवाहरु जेसीजमार्फत् एकतावद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकास समेत गर्दै सामाजिक सेवामा लागेकोमा खुसी व्यक्त गरे । जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा…
Read More
हेटौँडा १२ फुटबल प्रतियोगिताः आज २ खेल हुँदै

हेटौँडा १२ फुटबल प्रतियोगिताः आज २ खेल हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगितामा आज २ खेलहरु हुँदैछन् । आयोजक ऋषेश्वर टोल विकास संस्थाका अनुसार आज दिउँसो १ बजे पहिलो खेल र ३ बजे दोस्रो खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा ऋषेश्वर टोल विकास संस्था (बी) र झोलुङ्गे पुल टोल विकास संस्थाबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने खेलमा परिवर्तनशिल टोल विकास संस्था (बी) र आँपधाप टोल विकास संस्थाबिच प्रतिस्पर्धा हुनेछ । खेल रियल स्टार खेल मैदान रमन्टारमा हुँदैछ । टोल विकास संस्थाको तर्फबाट आयुष थापा मगर र साजन पाख्रिनले खेलको संयोजन गर्दैछन् । २०८१…
Read More
हेटौँडाका विभिन्न स्थानमा चोरी गर्ने ८ जना पक्राउ

हेटौँडाका विभिन्न स्थानमा चोरी गर्ने ८ जना पक्राउ

मकवानपुर । हेटौँडाका विभिन्न उद्योग र घरहरुबाट चोरी गर्ने ८ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । हेटौंडा सिमेन्ट उद्योगबाट तार चोर गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् । हेटौंडा ९ लामसुरे स्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटेर चोरी गरेको घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी उपरिक्षक खड्काले बताए । चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तिहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै…
Read More

नेवारपानीबाट एक युवक पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । प्रहरीले करिब १ सय ५ किलोग्राम गाँजासहित हेटौँडा उपमहानगरपालिका वडा ३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला परेपछि गाडीमा सवार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.