सबै समाचार

1003 Posts
हेटौँडामा पटका नियन्त्रण गर्न प्रशासन असफल,बालबालिकाहरुको कानमा समस्या

हेटौँडामा पटका नियन्त्रण गर्न प्रशासन असफल,बालबालिकाहरुको कानमा समस्या

मकवानपुर । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा पटकाउन प्रतिवन्द लगाइएको भएपनि हेटौंडामा यसको नियन्त्रण हुन नसकेको अवस्था रहेको छ। तिहार सुरु भएदेखि हिजो आज गाउँ घरमा बिहानै देखि राती अबेर सम्म केही उछृङ्खल समुहले अटेर गरि पटका ,आलुबम जस्ता बिस्फोटक पदार्थ हरु पटकाउदा स्थानिय हरु समस्यामा परिरहेका छन् । हेटौँडामा पटका पट्काउने मामलामा बालबालिकाहरु पनि अग्रसर देखिएका छन् । नगरमा स्थानीयहरुले आफ्ना बालबालिकालाई के असर पर्न सक्छ भन्ने वास्तै नगरी बालबालिका रहर गर्छन् भन्दै पटका पट्काउन दिइरहेका छन् । जसका कारण बालबालिकाहरुको कानको जालीमा क्षतिमा पुग्नुका साथै उनीहरुमा श्रवण शक्ति कमजोर हुने अवस्था पनि देखिएको छ । कतिपय बालबालिकाले पटका…
Read More

मट्टितेल र डिजेलको मूल्य घट्यो

मकवानपुर । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ, पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ । यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।
Read More
हेटौँडा मेयर कप स्नुकरमा प्रयास विजेता, विनय र मिथुन उपविजेता

हेटौँडा मेयर कप स्नुकरमा प्रयास विजेता, विनय र मिथुन उपविजेता

मकवानपुर । हेटौंडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको उपाधी आयोजक एस वान स्नुकर क्लबका खेलाडी प्रयास कर्मचार्यले जितेका छन् । बुधबार हेटौंडा १० स्थित एस वान स्नुकर क्लबमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा लियम स्नुकर क्लबका खेलाडी जीनेश श्रेष्ठलाई ५–३ को सेटले हराउँदै एस वान स्नुकर क्लबका खेलाडी प्रयास कर्मचार्यले उपाधी हात पारेका हुन् । यस्तै प्रतियोगितामा रोयल स्नुकर हाउसको खेलाडी बिनय लामा र लियम स्नुकर हाउसका मिथुन लामा तृतीय भएका छन् । उपाधी जितेसँगै कर्मचार्यले ६० हजार रुपैयाँको नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता श्रेष्ठले ३० हजार रुपैयाँको नगदसहित शिल्ड मेडल…
Read More

मकवानपुरमा पटका पड्काउन र राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

मकवानपुर । मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार राति ९ बजेसम्म मात्रै देउसी भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न पाउने जिल्ला प्रशासन मकवानपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै चाडपर्व खुशियाली मनाउँदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जिवनमा असर नपर्ने गरि मनाउन प्रशासनले आग्रह गरेको छ । त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट मानव स्वास्थ्य,सुरक्षामा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ । कानूनले निषेध…
Read More
हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–९ र हेटौंडा–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले ७० क्यापसुल लागूऔषध ट्रामाडोलसहित मंगलबार हेटौंडा–९, लामसुरे हाईटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाह नगरपालिका–२ घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्ने वर्ष २३ को शिव शंकर पाण्डे रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । यस्तै, प्रहरीले ७५ एम्पुल लागूऔषध डाईजेपामसहित मंगलबार नै हेटौंडा–१५, रातोमाटे चेकपोइन्टबाट…
Read More

मनहरीमा कात्तिक २३ देखि चैनपुर जेसिज मनहरी कप हुने

मकवानपुर । मकवानपुरको मनहरीमा हुन लागेको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको टिम दर्ता मिति यही कात्तिक २० गतेसम्म रहेको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित गोलघरको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिताको टिम दर्ताको समय सार्वजनिक गरिएको हो । चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । आयोजकले टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकेको छ । प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुनेछ । मनहरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः एक लाख एक हजार १११ रुपैयाँ र ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल…
Read More
रोयल्टी बाँडफाँट सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अन्तरक्रिया

रोयल्टी बाँडफाँट सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अन्तरक्रिया

मकवानपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी तीन तहका सरकारबीच बाँडफाँटका लागि भएका व्यवस्था पुनरावलोकन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया गरेको छ । प्राकृतिक स्रोतको परिचालनबाट अहिले ५० प्रतिशत संघ र २५÷२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा जाने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई पुनरावलोकन गर्नका लागी आयोगले प्रदेश स्तरमा गएर सुझाव संकलन गर्न थालेको हो । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको छलफलमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्राकृतिक श्र्रोतको संरक्षण गर्नेलाई स्वभाविक रुपमा बढी रोयल्टी दिनुपर्ने बताउनुभयो ।…
Read More
हेटौँडामा मंसिर ४ देखि नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

हेटौँडामा मंसिर ४ देखि नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

मकवानपुर । आगामी मंसिर ४ गतेदेखि हेटौँडामा तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । तेस्रो संस्करणको राष्ट्रिय रनिङ सिल्ड फुटबल प्रतियोगितामा देशभरका १८ देखि २० वटा समूहहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिएका छन् । प्रतियोगिताका बिजेतालाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कारसहित रनिङ सिल्ड प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताका विधागत पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिए । हेटौँडा ७ मा रहेको नवज्योति…
Read More
हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । शनिबारबाट ४ दिनसम्म प्रतियोगिता हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर मिनाकुमारी लामाले हेटौंडालाई स्नुकरको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उपमहानगरको तर्फबाट विशेष सहयोग हुने बताइन् । उनले उपमहानगरपालिकाबाट सम्पूर्ण खेल क्षेत्रको विकासको लागि काम भइरहेको समेत बताइन् । प्रतियोगितामा मकवानपुर जिल्लाका स्नुकर खेलाडीहरुले सहभागिता जनाएका छन् । बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर उपाधि जितेको र राष्ट्रियस्तरको च्याम्पियनले प्रतियोगितामा सहभागी भएका खेलाडीले सहभागी हुन नपाउने जनाइएको छ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४ स्थित बुद्ध…
Read More
चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.