हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतमले आफुद्वारा लिखित ‘प्रवासका फूलहरू’ नामक पुस्तक सहयोग गरेका छन् । पत्रकार महासंघ मकवानपुर शाखालालाई उपहारस्वरुप १० वटा पुस्तक प्रदान गरेका हुन् ।
प्रवासमा रहेर सङ्घर्ष गरिरहेका ३९ जना नेपालीको संघर्षका कथाले पुस्तकको पाना सजिएको छ । आकृति क्रिएशनले प्रकाशन गरेको पुस्तकको वितरक किताब घर रहेको छ ।
पुस्तक विमोचन युरोपमै गरिएको लेखक गौतमले बताए । लेखक गौतमले नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य तथा पुस्तकालय समितिका सरोज पौडेल , रबिन ढुङ्गानालाई पुस्तक हस्तान्तरण गरेका हुन् । एउटा पुस्तकको मूल्य २० युरो राखिएको छ । लेखक गौतमले महासंघलाई चाहिएको खण्डमा आफुसँग उपलब्ध अन्य पुस्तकहरु पनि दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबिच महासंघलाई पत्रकार महासंघ नेपालका बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईले विभिन्न विषयका ४० थान पुस्तक वितरण गरेको महासंघ मकवानपुरले जनाएको छ ।

































































