मगर संघ स्थापना/एकता दिवसमा हेटौंडामा सांस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । ४३ औं मगर संघ स्थापना/एकता दिवसको अवसरमा हेटौंडा–४ हुप्रचौरमा बृहत् मगर सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव सम्पन्न भएको छ। कार्यक्रम मगर संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । उनले शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति समुदायमा मगर समुदायको महत्वपूर्ण भूमिकाका विषयमा चर्चा गरेकी थिईन् ।

कार्यक्रममा अन्य स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.