हेटौँडामा हुन लागेको व्यापार मेलाबारे व्यवसायी संघहरूको आपत्ति

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको व्यापार मेलाबारे मकवानपुरका विभिन्न व्यवसायी संघहरूले विरोध जनाएका छन्। मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकासँग समन्वयबिना मेला आयोजना गरिएको भन्दै व्यवसायीहरू आक्रोशित भएका हुन्।

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुर, मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर, मकवानपुर अटोमोबाइल व्यवसायी संघ मकवानपुर, मकवानपुर घरेलु व्यवसायी संघ, मकवानपुर इलेक्ट्रोनिक्स व्यवसायी संघ र मकवानपुर भाडा व्यवसायी संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले यसअघि नै स्थानीय व्यवसायलाई प्रोत्साहित गर्ने नीति लिएको हुँदा, बाह्य तत्वहरूसँग सहकार्य नगरी व्यापार मेला आयोजना गर्नु अनुचित भएको व्यवसायी संघहरूले बताएका छन्। उनीहरूले मेलाका नाममा हुने अव्यवस्थित व्यापारलाई रोक्न प्रशासन समक्ष माग राखेका छन्।

उनीहरूले मेलाका कारण स्थानीय व्यवसायमा पर्ने नकारात्मक असरबारे चिन्ता व्यक्त गर्दै अव्यवस्थित व्यापार प्रवर्द्धन हुने भन्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.