Day: २०८३ असार १२, शुक्रबार १९:०७ गते

हेटौँडामा विपद् व्यवस्थापनको पूर्वतयारी अभ्यास

हेटौँडामा विपद् व्यवस्थापनको पूर्वतयारी अभ्यास

हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडामा संयुक्त कृत्रिम अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा सञ्चालित सो अभ्यासमा भूकम्प र आगलागीबाट उत्पन्न हुन सक्ने सङ्कटपूर्ण अवस्थालाई आधार मानिएको थियो। कार्यक्रममा भूकम्पले भवन भत्किँदा मानिस पुरिएको, घाइते भएको तथा औद्योगिक क्षेत्रमा आगलागी भएको नमुना दृश्य (Scenario) प्रस्तुत गरिएको थियो। यस कठिन परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौँडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललगायतका निकायहरूले समन्वयात्मक रूपमा खोज, उद्धार, प्राथमिक उपचार, घाइतेको…
Read More
मकवानपुरमा ‘श्रम सुनुवाइ’: अनौपचारिक श्रमिकका पीडा र सरोकारवालाको प्रतिबद्धता

मकवानपुरमा ‘श्रम सुनुवाइ’: अनौपचारिक श्रमिकका पीडा र सरोकारवालाको प्रतिबद्धता

मकवानपुर । मकवानपुर महिला उत्थान समाजको आयोजनामा हेटौँडामा अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेसागत जोखिम र सुरक्षाका विषयमा ‘श्रम सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विशेषगरी मनहरी गाउँपालिकामा कार्यरत श्रमिकहरूले भोग्नुपरेका स्वास्थ्य सुरक्षा, पारिश्रमिक र कार्यस्थलको असुरक्षाजस्ता जटिल समस्याहरूमाथि सरोकारवाला निकायका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गरिएको थियो। कार्यक्रममा मनहरी–५ की मीरा घलानले श्रमिकहरूले ज्यान जोखिममा राखेर काम गर्नुपरेको तीतो यथार्थ प्रस्तुत गर्नुभयो। पन्जा, बुट र सावेलजस्ता सामान्य सुरक्षाका औजारसमेत पर्याप्त नभएको, ठेकेदार, पालिका र इन्जिनियरको फरक–फरक निर्देशनले काममा अन्योल र विवाद हुने गरेको, स्वास्थ्य बिमाको सुविधा नपाएको र ज्याला भुक्तानीमा ढिलासुस्ती हुने गरेको जस्ता गम्भीर समस्या उहाँले औंल्याउनुभयो। छलफलमा मनहरी गाउँपालिकाकी रोजगार संयोजक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.