Day: २०८३ असार १०, बुधबार ११:२९ गते

हेटौँडामा जनचेतनामूलक अन्तर विद्यालय ‘साइकल च्याम्पियनशिप’ हुँदै

हेटौँडामा जनचेतनामूलक अन्तर विद्यालय ‘साइकल च्याम्पियनशिप’ हुँदै

हेटौँडा । बालबालिकाहरूमा बढ्दो ‘नसर्ने रोग’ (NCDs) को जोखिमलाई न्यूनीकरण गर्ने र स्वास्थ्यका लागि शारीरिक क्रियाकलापको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले हेटौँडामा अन्तर विद्यालय ‘साइकल च्याम्पियनशिप’ प्रतियोगिता आयोजना हुने भएको छ। ‘स्वास्थ्य सरोकार’ संस्थाले PATH (INGO) सँगको सहकार्य र हिमालयन राइडर्स सोसाइटीको विशेष सहयोगमा आगामी असार १३ गते, शनिबार उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो। हेटौँडाको हुप्रचौरबाट बिहान ६ बजे सुरु हुने कार्यक्रमअन्तर्गत सुरुमा विद्यार्थीहरूले नगर परिक्रमा गर्नेछन्। सोपश्चात् ‘साइकल च्याम्पियनशिप’ प्रतियोगिता सञ्चालन हुनेछ। कार्यक्रम व्यवस्थापक राजेन्द्र थापाका अनुसार यस प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरूमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। स्वस्थ जीवनशैली र खेलकुदको माध्यमबाट बालबालिकामा सकारात्मक…
Read More
हेटौँडामा तीनदिने ‘ड्र्यागन फ्रुट फेस्टिबल’ हुने: निःशुल्क स्टलको व्यवस्था

हेटौँडामा तीनदिने ‘ड्र्यागन फ्रुट फेस्टिबल’ हुने: निःशुल्क स्टलको व्यवस्था

हेटौँडा । हेटौँडामा पहिलोपटक ‘ड्र्यागन फ्रुट फेस्टिबल’ आयोजना हुने भएको छ। हेटौँडा–११ स्थित थानाभर्याङमा रहेको प्रदेश कृषि थोक बजार सञ्चालक समिति, मकवानपुरको आयोजनामा आगामी असार ११, १२ र १३ गते उक्त फेस्टिबल सञ्चालन हुन लागेको हो। कृषि थोक बजारको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु गर्न लागिएको यस फेस्टिबलमा जिल्लाभरका विभिन्न प्रजातिका ड्र्यागन फ्रुटहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार फेस्टिबललाई थप व्यवस्थित र आकर्षक बनाउन ड्र्यागन फ्रुटसम्बन्धी ३० वटा विशेष स्टलहरू राखिनेछन्। सहभागी किसान तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हेतुले यी स्टलहरू निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। हेटौँडामा ड्र्यागन फ्रुटको उत्पादन र बजार विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको यो कार्यक्रमले किसानहरूलाई…
Read More
हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न उपमहानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ५ करोड रुपैयाँले घटाइएको जानकारी दिनुभयो। संविधान, १६औँ योजना, दिगो विकास लक्ष्य र ‘समृद्ध हेटौँडा’ एवं ‘महिलामैत्री हेटौँडा’ बहसबाट प्राप्त सुझावहरूलाई बजेटको मुख्य आधार बनाइएको उपमहानगरले जनाएको छ। बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। यसैगरी राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार…
Read More
हेटौँडा सडक विस्तारको अन्योल अन्त्य गर्न नगर प्रमुख लामाको अर्थमन्त्रीसँग आग्रह

हेटौँडा सडक विस्तारको अन्योल अन्त्य गर्न नगर प्रमुख लामाको अर्थमन्त्रीसँग आग्रह

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयलाई अविलम्ब टुङ्गोमा पुर्‍याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जोडदार आग्रह गर्नुभएको छ। नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीहरूले भोग्नुपरेको पीडा र अनिश्चितताका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। नगर प्रमुख लामाले हेटौँडावासी, व्यवसायी र स्थानीय सरकार विकासको पक्षमा रहे पनि सडक विस्तारको विषयमा स्पष्ट निकासको खोजीमा रहेको बताउनुभयो। उहाँले विगत पाँच दशकदेखि २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा नागरिकहरू बाँचिरहेको उल्लेख गर्दै लामो समयसम्म कायम रहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.