२०८३ जेष्ठ ७, बिहीबार २०:४८ गते
२०८३ जेष्ठ ७, बिहीबार २०:४८ गते
हेटौंडा । हिउँदको समयमा पानीको जोहो गर्न चुरेको खोँच र छिमेकी जिल्ला बारासम्म भौँतारिनुपर्ने हेटौंडेलीको वर्षौँ पुरानो नियति फेरिएको छ। खानेपानी व्यवस्थापन बोर्डको सक्रियता र स्थानीय सरकारको योजनाबद्ध पहलपछि हेटौंडावासीले खानेपानीको चरम संकटबाट मुक्ति पाएका छन्। केही वर्षअघिसम्म पानीको एउटा गाग्री भर्न घण्टौं खर्चनुपर्ने अवस्था थियो। हेटौंडा-१५, चेपाङ बस्तीकी माया चेपाङ भन्छिन्, “बिहानै मुहान खोज्दै भौँतारिनुपर्थ्यो, त्यो सास्ती अहिले सपना जस्तै लाग्छ। अहिले घरमै धारा छ, पानीको पिरलो टरेको छ।” २९ हजार धारा, दैनिक पौने ४ करोड लिटर पानी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ र १३ नम्बर वडा बाहेकका १७ वटा वडामा सेवा विस्तार गरेको छ। हाल २९ हजार ७…