२०८३ जेष्ठ ६, बुधबार २०:३३ गते
२०८३ जेष्ठ ६, बुधबार २०:३३ गते
हेटौंडा – हेटौंडा उपमहानगरपालिका-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। साहित्य संगम मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडाको प्रवर्द्धनमा उक्त प्रतियोगिता आयोजना गरिएको हो। ‘पर्यापर्यटनमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हेटौंडा-११ स्थित हेटौंडा एकेडेमीका छात्र सुलोचन पराजुली प्रथम भएका छन्। त्यसैगरी, हेटौंडा-१८ स्थित ज्योति माध्यमिक विद्यालयकी छात्रा सुनिता भोम्जन द्वितीय र त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा पृज्मा शिवाकोटी तृतीय भइन्। साथै, हेटौंडा-९ स्थित प्रगति माध्यमिक विद्यालयकी छात्रा सदिक्षा नेपाल र बकैया गाउँपालिका स्थित बुद्ध माध्यमिक विद्यालयकी छात्रा सुमिना दाहालले सान्त्वना पुरस्कार प्राप्त गरे। साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा वडाध्यक्ष जुना…