२०८३ बैशाख ४, शुक्रबार १६:३२ गते
२०८३ बैशाख ४, शुक्रबार १६:३२ गते
हेटौंडा । डेंगी संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्थानीय तह र सामाजिक संस्थाहरू सक्रिय देखिएका छन्। यसै क्रममा रोटरी क्लब हेटौंडाले हेटौंडा उपमहानगरपालिका–६ को वडा कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष प्रमेश प्रधानका अनुसार वडाध्यक्ष विष्णु दाहाललाई औपचारिक रूपमा उपकरण हस्तान्तरण गरिएको हो। यसअघि पनि क्लबले वडा नम्बर ५ मा यस्तै सहयोग प्रदान गरिसकेको छ। हस्तान्तरण गरिएका सामग्रीमा लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने फगर मेसिन, सुरक्षात्मक पोशाक तथा स्प्रेइङ सेट रहेका छन्। यी उपकरणहरूले डेंगी सार्ने लामखुट्टेको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास क्लबले व्यक्त गरेको छ। अध्यक्ष प्रधानले डेंगी नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख…