२०८२ चैत्र ४, बुधबार १६:२२ गते
२०८२ चैत्र ४, बुधबार १६:२२ गते
हेटौंडा । प्रशासनिक कमजोरी र प्रभावकारी अनुसन्धान अभावका कारण अझै पनि समाजमा जातीय विभेद कायम रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। दलित महिला संघ (फेडो) मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विभेद अन्त्यतर्फ राज्यको सक्रियता अपर्याप्त रहेको गुनासो गरेका हुन्। गैर सरकारी संस्था महासंघ मकवानपुर र नेपाल पत्रकार महासंघको सहकार्यमा सम्पन्न “सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका” विषयक कार्यक्रममा फेडोका प्रतिनिधिहरूले प्रशासनिक उदासीनता र अनुसन्धानमा कमजोरीका कारण पीडितले न्याय पाउन नसकेको बताए। उनीहरूले दलित समुदायका मुद्दा समाधानमा राजनीतिक हस्तक्षेप र नातावाद पनि बाधक बनेको उल्लेख गरे। कार्यक्रममा वक्ताहरूले २०७२ सालको संविधानले…