२०८२ फाल्गुन ३, आईतवार १३:२७ गते
२०८२ फाल्गुन ३, आईतवार १३:२७ गते
हेटौंडा । हेटौंडा उगमहानगरपालिका ११ स्थित मकवानपुर जिल्ला भूमि अधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लवशेर बिष्टलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा अहिलेसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरूमाथि थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले हेटौंडावासीको समस्या समाधान गर्न पहल गरून् भनेर मकवानपुर जिल्ला भूमि अधिकार मञ्च का सदस्य विकास तितुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् । मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफूले जितेर गएपछि सिमलटार लगाएतको भूमि सम्बन्धी समस्यालाई पहिलो…