२०८२ भाद्र २९, आईतवार ११:३० गते
२०८२ भाद्र २९, आईतवार ११:३० गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले विद्यार्थीप्रति राखेको अभिव्यक्तिका कारण उत्पन्न विवादपछि सार्वजनिक माफी मागेकी छन्। भदौ २३ गते Gen-Z आन्दोलनका क्रममा विद्यार्थीले गुनासो राख्न उपमहानगरपालिकामा पुग्दा नगरप्रमुख लामाले दिएको प्रतिक्रियापछि आलोचना चुलिएको थियो। सो घटनापछि आइतबार विज्ञप्ति जारी गर्दै उनले आफ्ना शब्द र शैलीका कारण विद्यार्थीको मन दुखेको रहेछ भने माफी चाहेको उल्लेख गरेकी छन्। ‘विद्यार्थी भाइबहिनीहरूको मन दुखाउने कुनै उद्देश्य मेरो थिएन। तर मेरो शब्द र शैलीका कारण चोट पुगेको रहेछ भने माफी चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ। लामाले विद्यार्थीहरूको पक्षमा सधैं खडा रहने प्रतिबद्धता जनाउँदै शैक्षिक, सामाजिक र सिर्जनात्मक अभियानमा निरन्तर साथ दिने आश्वासन दिएकी छन्।…