Day: २०८२ श्रावण २०, मंगलवार १७:३९ गते

बागमती प्रदेशमा आठ मन्त्रीले गरे शपथ ग्रहण, कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट

बागमती प्रदेशमा आठ मन्त्रीले गरे शपथ ग्रहण, कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकारको गठनसँगै आठ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमध्ये ६ जना नेकपा एमाले र २ जना नेपाली कांग्रेसबाट छन्। मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री पदमा नियुक्त गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनाइएको छ…
Read More
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिपछि बानियाँले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्। यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन सहित बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न दाबी पेश गरेका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत गरेका थिए, जसलाई आधार मान्दै प्रदेश प्रमुखले उनलाई नियुक्त गरेका हुन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले केही दिनअघि राजीनामा दिएपछि प्रदेश सरकार नेतृत्वको पद खाली थियो।…
Read More
ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित डाक्टर टोनि हेगन पार्क परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रमका बीच ‘ज्येष्ठ नागरिक मञ्च, हेटौंडा–१०’ लाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा स्मार्ट टिभी, मादल, हार्मोनियम, साउण्ड सिस्टम लगायतका सामग्रीहरू मञ्चलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ रहेका थिए। मञ्चका अध्यक्ष पदम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका नगर अध्यक्ष रामचन्द्र ढकाल, महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै यस्ता सामग्रीले उनीहरूको दैनिक क्रियाकलापमा थप सहजता र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त…
Read More
हेटौंडा उपमहानगरद्वारा खेलाडीलाई सम्मान

हेटौंडा उपमहानगरद्वारा खेलाडीलाई सम्मान

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले क्योकुशिन करातेका खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरेको छ । क्योकुशिन कराते संघ बालकुमारी (iko union) मकवानपुरका प्रतिभावान खेलाडी खतिवडाले बिदेशी भुमि अजरबैजानको बाकु शहरमा जुलाई २६ देखि २८ सम्म भएको ईन्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियन सीप २०२५ खेलमा स्वर्ण, किकबक्सिङ्गमा सिल्बर पदक हातपार्न सफल भै हेटौंडाको मात्र नभएर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उपमहानगरको आफ्नै कार्यकक्षमा उनलाई कदर पत्रले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ, मकवानपुर खेलकुद बिकास समितिका पुर्व अध्यक्ष सानू लामा, क्योकुशिनका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.