Day: २०८२ श्रावण १६, शुक्रबार १४:४२ गते

नारायणी कलेजमा  नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

हेटौंडा ।हेटौंडा–१० स्थित नारायणी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ। साउन १५ ‘खिर खाने दिन’ लाई अवसर बनाएर कलेजले नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई खिर खुवाएर आत्मीय रूपमा स्वागत गरेको हो। कार्यक्रममा कलेजका प्राचार्य रघुनाथ खरालले शुभकामना दिँदै “मुख मिठ्याएर पढाइ सुरु गर्ने संस्कार परम्परा र अनुशासनसँग जोडिएको हो” भन्दै यसले विद्यार्थीहरूमा आपसी आत्मीयता र जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गरे। कक्षा ११ को औपचारिक पठन–पाठन साउन १६ गतेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षण म्याजिसियन बलराम सरकारको विशेष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.