२०८१ चैत्र १४, बिहीबार १०:५८ गते
२०८१ चैत्र १४, बिहीबार १०:५८ गते
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको करिब १८ घण्टापछि बिहीबार बिहान प्रहरीले शव उठाएको छ । प्रहरीका अनुसार त्यहाँस्थित २२ वर्षीय राहुल दासले बुधबार दिउँसो साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटना घटेको समयदेखि विविध कारणले प्रहरीले बिहीबार बिहान मात्रै मृतकको शव उठाएको हो । प्रहरीका अनुसार आरोपित राहुलले उनका माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार तीन दाजुभाइ मध्ये जेठो…