२०८१ चैत्र ७, बिहीबार १४:५५ गते
२०८१ चैत्र ७, बिहीबार १४:५५ गते
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई उद्यमशील बनाउनका लागि स्टार्टअप ऋण सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। उहाँले यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गर्ने बताउनुभयो। आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्तालाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रमको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले हालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरेको जानकारी दिँदै भने, "आजको संसार ग्लोबल भिलेज बनिसकेको छ, जहाँ व्यवसाय, रोजगारी र अध्ययनका…