२०८१ माघ २८, सोमबार १९:१२ गते
२०८१ माघ २८, सोमबार १९:१२ गते
मकवानपुर । हेटौंडा अस्पतालले ओपीडी टिकट दर्ता तथा फलोअप सेवाका लागि नयाँ प्रणाली लागू गरेको छ। अस्पताल प्रशासनद्वारा जारी गरिएको सूचनाअनुसार, नेपाल सरकारको स्वास्थ्य बीमा योजनाअन्तर्गतका विरामीहरूले एक पटक ओपीडी टिकट दर्ता गरेपछि ७ दिनसम्म पुन: दर्ता नगरी नै फलोअप सेवा लिन सक्नेछन्। यसअघि बिरामीहरूले प्रत्येक दिन दर्ता गर्नुपर्ने बाध्यता रहेको थियो जसले गर्दा अस्पतालमा लामो लाइन र भीड हुने समस्या थियो। माघ २९ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार बिरामीहरूले ओपीडी टिकट लिएपछि ७ दिनभित्र कुनै पनि बेला चिकित्सकसँग परामर्श गर्न सक्नेछन्। साथै, बिलिङ तथा फार्मेसी सेवाका लागि लाइन नबसी सहज रूपमा सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। कुनै…