२०८१ कार्तिक २६, सोमबार १४:२८ गते
२०८१ कार्तिक २६, सोमबार १४:२८ गते
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा हुने उपनिर्वाचनका लागि आशा बिर बललाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि रास्वपाले बललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौंडा नगर सभापति ध्रुर्वबहादुर विष्टले जानकारी दिए । रिक्त पदमा रास्वपाले सर्वाधिक मत ल्याएर विजयी हाँसिल गर्ने मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे । रिक्त वडाध्यक्ष पदका लागि अन्य राजनीतिक दलले पनि भटाभट उम्मेवारको नाम टुंग्यो लगाउँदै आइरहेको छ । वडाध्यक्ष…