२०८१ कार्तिक २२, बिहीबार ०५:३२ गते
२०८१ कार्तिक २२, बिहीबार ०५:३२ गते
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजक ऋषेश्वर टोल विकास संस्थाले जितेको छ । बुधबार भएको फाईनल खेलमा ऋषेश्वर टोल विकास संस्थाले सुनौलो टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गरेको हो । विजेता बनेसँगै ऋषेश्वरले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनौलोले नगद १७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान अफ दि म्याच ऋषेश्वर टोल विकास संस्थाका आयुष थापा मगर भएका थिए । ऋषेश्वर टोल विकास संस्थाको आयोजनामा भएको खेल रियल स्टार खेल मैदान रमन्टारमा सम्पन्न भएको हो ।…