Day: २०८१ आश्विन ११, शुक्रबार १७:४१ गते

लगातार वर्षाले भरिनै लाग्यो कुलेखानी, ड्यामको ढोका खोल्नुपर्ने अवस्था

लगातार वर्षाले भरिनै लाग्यो कुलेखानी, ड्यामको ढोका खोल्नुपर्ने अवस्था

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही केही घण्टामै भरिन लागेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि मात्रै सूचना जारी गर्दै नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) भरिन लागेको जनाएको हो । कार्यालयका अनुसार बाँधको सुरक्षालाई समेत मध्येनजर गर्दै ड्यामको ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ । कार्यालयले कुलेखानीदेखि तल सिस्नेरी हुँदै बागमती नदि किनारका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकोले उक्त टटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरु एवम् स्वयमसेवकहरुलाई समेत हाइ अलर्टमा बस्न कार्यालयले आग्रह…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.