२०८१ भाद्र १, शनिबार १९:४६ गते
२०८१ भाद्र १, शनिबार १९:४६ गते
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पूनः जयराम मोक्तान सर्वसम्मत चयन भएका छन् । संघको चौथो भेलाले मोक्तानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा र कोषाध्यक्षमा जमुना थिङलाई सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा अन्जना लामा, संशान्त तामाङ, विवेक वाईबा र छोइसाङ सिन्तानलाई चयन गरिएको छ । दुई जनालाई भने कार्यसमितिको बैठकले सदस्यमा मनोनित गर्ने जनाएको छ । साथै सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाइएको छ । नेपालमा पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको अवसरमा तामाङ प्रसारण दिवस मनाईदै आएको…