स्वास्थ्य

हेटौंडा अस्पतालमा स्वास्थ्य बीमाका बिरामीले ७ दिनसम्म ओपीडी टिकट पुन: दर्ता गर्नु नपर्ने

मकवानपुर । हेटौंडा अस्पतालले ओपीडी टिकट दर्ता तथा फलोअप सेवाका लागि नयाँ प्रणाली लागू गरेको छ। अस्पताल प्रशासनद्वारा जारी गरिएको सूचनाअनुसार, नेपाल सरकारको स्वास्थ्य बीमा योजनाअन्तर्गतका विरामीहरूले एक पटक ओपीडी टिकट दर्ता गरेपछि ७ दिनसम्म पुन: दर्ता नगरी नै फलोअप सेवा लिन सक्नेछन्। यसअघि बिरामीहरूले प्रत्येक दिन दर्ता गर्नुपर्ने बाध्यता रहेको थियो जसले गर्दा अस्पतालमा लामो लाइन र भीड हुने समस्या थियो। माघ २९ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार बिरामीहरूले ओपीडी टिकट लिएपछि ७ दिनभित्र कुनै पनि बेला चिकित्सकसँग परामर्श गर्न सक्नेछन्। साथै, बिलिङ तथा फार्मेसी सेवाका लागि लाइन नबसी सहज रूपमा सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। कुनै…
Read More
कमानेमा ३३ जनाले गरे रक्तदान

कमानेमा ३३ जनाले गरे रक्तदान

मकवानपुर । हेटौडा ८ कमानेस्थित कालिकामाई टोल विकास संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौडा ८ निमचोकमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सभासद तथा पूर्व मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर समन्वय समितिका ध्रुव प्रसाद अधिकारी र पूर्व वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको संस्थाकी सचिव अर्चना कार्कीले जानकारी दिईन् ।
Read More
हेटौंडाबाट बागमती प्रदेशको एचपिभी विरुद्धको खोप अभियान सुरु

हेटौंडाबाट बागमती प्रदेशको एचपिभी विरुद्धको खोप अभियान सुरु

मकवानपुर । हेटौंडा– १ स्थित ज्ञानदा माध्यामिक विद्यालयबाट बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै खोप अभियानको शुभारम्भ गर्नुभएको हो । खोप अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले अझै पनि महिलाहरुले समस्या लुकाएर बस्ने गरेको बताउनुभयो । विशेष गरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले पीडा लुकाएर बस्ने गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सर्ने भन्दा नसर्ने रोगको स्थिती भयावह बन्दै गएको…
Read More
हेटौंडाका सबै स्वास्थ्य केन्द्रबाट क्यान्सर विरुद्ध खोप दिइने

हेटौंडाका सबै स्वास्थ्य केन्द्रबाट क्यान्सर विरुद्ध खोप दिइने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघर बिरुद्धको एच.पि.भी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर भित्र रहेका स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ बिद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई आउँदो २२ देखि २८ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार उपमहानगर मार्फत सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने १ सय १८ सेसनबाट…
Read More
पुनर्नभा अस्पतालकाे भवन हेटौँडामा शिलान्यास

पुनर्नभा अस्पतालकाे भवन हेटौँडामा शिलान्यास

मकवानपुर ।हेटौँडामा लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवनको शिलान्यास भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम्बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भवनको शिलान्यास गरेका हुन् । मन्त्री थापाले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री थापाले हेटौँडा मात्र नभई बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको बताए। प्रदेश अस्पतालहरूले प्रदान गर्ने सेवा प्रवाहमा सेवाग्राहीको विश्वास बढ्दै गएको उनको दाबी छ। मन्त्री थापाले आयुर्वेद अस्पताल र आँखा अस्पतालहरूको विस्तार पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रदेशका सबै जिल्लाहरूमा आयुर्वेद अस्पतालहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार…
Read More
जरुवाटोलमा नकौली शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

जरुवाटोलमा नकौली शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, जरुवाटोलमा निर्माण भएको नकौली शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रमुख मीनाकुमारी लामासहितको टोलीले भवनको उद्घाटन गरेका हुन् । प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको आतिथ्यता रहेको थियो। वडा अध्यक्ष न्यौपानेले नवनिर्मित भवनले शहरी स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्दै यो भवन स्वास्थ्य क्षेत्रमा थप प्रगति गर्न प्रेरणादायक हुने धारणा व्यक्त गरे ।
Read More
बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । यस्तै, शिविरमा ७९ जनाले पाठेघर सम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले…
Read More
बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

बसामाडीमा निःशुल्क आँखा शिविर तथा पाठेघर चेकजाँच हुने

मकवानपुर । हेटौंडाको बसामाडीमा वृहत स्वास्थ्य शिविर हुने भएको छ । २० मंसिरमा जेसिआई हेटौंडाको आयोजनामा निःशुल्क आँखा शिविर तथा पाठेघर चेक जाँच सम्बन्धी स्वास्थ्य शिविर हुन लागिएको हो । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३, बसामाडीको सह–आयोजनामा हुन लागिएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग रहने आयोजकले जानकारी दिए । शिविरमा निःशुल्क आँखा शिविर र स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विशेषज्ञद्वारा महिलाहरुको पाठेघर सम्बन्धी चेक जाँच गरिने आयोजकले जनाएको छ । ३ नम्बर वडाका बासिन्दा लक्षित शिविर हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयको प्राङ्गणमा बिहान ०९ः०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म सञ्चालन…
Read More
एड्स अन्त्यको नारासहित हेटौँडामा दिप प्रज्वलन

एड्स अन्त्यको नारासहित हेटौँडामा दिप प्रज्वलन

मकवानपुर । ३७ औं विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो। कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले गरेका थिए। साथै, बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
Read More
हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

हेटौँडा उपमहानगरपालिकाद्वारा थामीको उपचारमा सहयोग

मकवानपुर । आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवनयापनका लागि पनि समस्यामा रहेको हेटौंडा –१८ थामिटोलका ४५ वर्षीय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । केही समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका उनको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालले बेड छोडेर घर जान भनेको थियो । तीनदिन अघिबाट उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घर जान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहील अस्पताल पुर्याइएको छ । अस्पतालबाट बिना जानकारी घर गएका थामीलाई भेट्न मंगलबार नगर प्रमुख लामा र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.