समाचार

हेटौँडामा ‘द ब्ल्याक शीप टेलर्स’को शुभारम्भ

हेटौँडामा ‘द ब्ल्याक शीप टेलर्स’को शुभारम्भ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कूल रोडमा ‘द ब्ल्याक शीप टेलर्स’ को उद्घाटन भएको छ । सोमबार हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देलले रिवन काट्दै टेलर्सको उद्घाटन गरेका हुन् । हेटौँडाका युवा उद्यमी समन भुसाल प्रोप्राईटर रहेको टेलर्सले उद्घाटनसँगै आफ्नो सेवामा २० प्रतिशत डिस्काउन्ट दिने घोषणा समेत गरेको छ । प्रोप्राईटर भुसालका अनुसार यो अफर १५ दिनसम्मका लागि लागु हुनेछ । कोट, पेन्ट, दौरा सुरुवाल, अफिस युनिफर्म तथा स्कूल ड्रेसहरुसमेत पाईने टेलर्समा स्वदेशीमात्रै नभई विदेशी कपडाहरु पनि उपलब्ध गराइएको प्रोप्राईटर भुसालले बताए । ग्राहकहरुको चाहना अनुसारको कपडा पाउन सकिने भएकोले टेलर्समा आई सेवा लिनका लागि भुसालले आग्रह गरेका…
Read More
हेटौँडा–१० बालमैत्री वडा घोषणा हुने

हेटौँडा–१० बालमैत्री वडा घोषणा हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० लाई भदौ ८ गते शनिबार निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आज वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष फूर्वा दोर्जे तामाङले बालमैत्री वडा घोषणाको धेरैजसो तयारी पुरा भएको बताए । यस वडाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरेर धेरै वटा चरणहरु पार गरिसकेको उनले जानकारी दिए । बालमैत्रीका लागि पुरा गर्नुपर्ने सूचकहरु पुरा गरेर बालमैत्री वडा घोषणाको तयारी गरिएको अध्यक्ष तामाङले बताए ।
Read More
सहमति कार्यान्वयन नभए पूनः आन्दोलनमा उत्रने मउवा संघको चेतावनी

सहमति कार्यान्वयन नभए पूनः आन्दोलनमा उत्रने मउवा संघको चेतावनी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिकासँगको सहमति तत्काल पुरा नभए पूनः आन्दोलनम उत्रने चेतावनी दिएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै संघले सहमति अनुसार तत्काल नगरसभा बैठक बोलाउन आग्रह गर्दै सहमित कार्यान्वयन नभए आन्दोन गर्ने चेतावनी दिएको हो । तत्काल नगरसभा बैठक बोलाएर वृद्धि भएको कर रकमको निर्णय फिर्ता गर्नेका सहमति कार्यान्वयन गर्न संघले नगरलाई सम्झाएको छ । आफुहरुसँग भएको सहमति तत्काल कार्यान्वयन नगरेमा जुनसुकै समयमा व्यवसायीहरु पुनः आन्दनेलनमा उत्रने संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले बताएका छन् । कर वृद्धि फिर्ताका विषयमा भएको ८ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने संघका अध्यक्ष अग्रवालले बताए । उद्योगी व्यवसायीमाथि बेलाबेलामा…
Read More
बागमतीको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले

बागमतीको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ । बागमती प्रदेश, दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताउनु भयो । २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत…
Read More
तामाङ पत्रकार संघ मकवानपुरमा पूनः जयराम मोक्तान

तामाङ पत्रकार संघ मकवानपुरमा पूनः जयराम मोक्तान

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पूनः जयराम मोक्तान सर्वसम्मत चयन भएका छन् । संघको चौथो भेलाले मोक्तानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा र कोषाध्यक्षमा जमुना थिङलाई सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा अन्जना लामा, संशान्त तामाङ, विवेक वाईबा र छोइसाङ सिन्तानलाई चयन गरिएको छ । दुई जनालाई भने कार्यसमितिको बैठकले सदस्यमा मनोनित गर्ने जनाएको छ । साथै सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाइएको छ । नेपालमा पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको अवसरमा तामाङ प्रसारण दिवस मनाईदै आएको…
Read More
हेटौँडा उपमहानगर र व्यवसायीबिच यस्तो भयो सहमति

हेटौँडा उपमहानगर र व्यवसायीबिच यस्तो भयो सहमति

मकवानपुर । हेटौंडा उपमहानगरपालिका कार्यालय र मकवानपुर उद्योग बाणिज्य संघबिच वृद्धि भएको कर रकम घटाउने सहमती भएको छ । शुक्रबार आन्दोलनरत व्यवसायी र उपमहानगरपालिकाबिच वार्ताबाट कर रकम घटाउनेसहितका ८ बुँदे सहमति गरिएको हो । नगर सभाको निर्णयबाट मात्र कर रकम घटाउन सकिने कानूनी व्यवस्था रहेको छ । तर, चालु आर्थिक वर्षको साउन १ गते देखि साउनको मसान्तसम्म अहिलेकै कानून अनुसार कर रकम बुझाउने नगरवासीहरुको हकमा के गरिन्छ भन्ने कुनै निर्णय भएको छैन । वार्ता सफल भएसँगै आन्दोलनरत व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । उपमहानगरले गरेको करवृद्धिविरुद्ध मउवा संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएसन तथा विभिन्न वस्तुगतसंघले आह्वान गरेको आन्दोलनमा उपमहानगरले…
Read More
एकिकृत समाजवादी हेटौँडाले १९ वटै वडा कमिटि गठन तथा पुनर्गठन गर्ने

एकिकृत समाजवादी हेटौँडाले १९ वटै वडा कमिटि गठन तथा पुनर्गठन गर्ने

मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टीको हेटौंडा नगर कमिटीको पदाधिकारी बैठकले १९ वटै वडामा कमिटि गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको छ । हेटौंडा ४ शितल महल चोकमा रहेको पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले १९ वटै वडाका एक–एक जनालाई समेटेर १९ सदस्यीय सचिवालय निर्माण गर्ने निर्णय समेत गरेको छ । बैठकले अनेरास्ववियु र युवा तथा खेलकुद विभाग निर्माण गर्ने समेत निर्णय गरेको छ । पार्टी नगर कमिटी उपाध्यक्ष तारा लामा ढुंगानाको अध्यक्षतामा बसेको बैठकले नगरको प्रत्येक वडामा भेला, बैठक गरी आफ्नो गतिविधि अघि बढाउने निर्णय गरेको छ । बैठकमा जिल्ला अध्यक्ष बिष्णु दाहाल, नेता धुर्व भुजेल, कबिन पन्त, ज्ञानेन्द्र देवकोटा,…
Read More
हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन वडाअध्यक्षहरुको माग

हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन वडाअध्यक्षहरुको माग

मकवानपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा राख्न माग गरेका छन् । राजश्व दरमा अस्वभाविक बृद्धि गरेको विषयप्रति विरोध जनाउँदै बुधबार नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग सहित प्रमुख प्रशासकिय अधिकृत मार्फत् नगर प्रमुख र उपप्रमुखलाई निवेदन पेश गरेका हुन् । उपमहानगरले चालू आर्थिक वर्षमा करको दरमा अस्वभाविक बृद्धि गरेपछि संशोधन गर्नुपर्ने एजेन्डासहित विशेष नगर सभाको माग गरिएको हो । विशेष नगर सभा माग पछिको पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बागमती प्रदेश सरकारको गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि र हेटौंडा उपमहानगरपालिकाको नगर…
Read More
हेटौँडा उपमहानगरपालिकाको गेटमा व्यवसायीहरुको धर्ना

हेटौँडा उपमहानगरपालिकाको गेटमा व्यवसायीहरुको धर्ना

मकवानपुर । राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले आज हेटौँडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौँडा–२ बाट र्‍यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् । विज्ञापान करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उत्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए । व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यवद्धता…
Read More
हेटौँडा ७ बालमैत्री वडा घोषणा हुँदै

हेटौँडा ७ बालमैत्री वडा घोषणा हुँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । वडालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो । बालमैत्री घोषणा कार्यक्रम शनिबार बिहान १० बजे वडा कार्यालयबाट प्रभातफेरी गरी नवज्योति माविको प्राङ्गणमा हुने जनाइएको छ । हेटौंडा–७ का वडाध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिका संयोजक दामोदर खनालले वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचक सतप्रतिशत पूरा गरेको बताएका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै वडाअध्यक्ष खनालले अब केही प्रतिशतमात्र सुचकहरु पूरा हुन बाँकी भएकोले वडाले हालसम्म ५१ वटा सूचकमा ९९.७३ प्रतिशत नतिजा हासिल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.