समाचार

हेटौँडाको राप्ति तटमा फलफुलको बिरुवा

हेटौँडाको राप्ति तटमा फलफुलको बिरुवा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बाईपास सडकको राप्ती तट क्षेत्रमा विभिन्न फलफुलको बिरुवा रोपिएको छ । आज हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहितको टोलीले त्यस क्षेत्रमा फलफुलको बिरुवा रोपेका हुन् । राप्ति तट क्षेत्रमा एभोकाडो, लिच्ची,आँप, रुख कटहर र अम्बा सहितका बिरुवाहरु रोपिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख लामासहित हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Read More
तुलसी मेहर/नारायणी कलेजमा विद्यार्थी र शिक्षकलाई सम्मान

तुलसी मेहर/नारायणी कलेजमा विद्यार्थी र शिक्षकलाई सम्मान

मकवानपुर । तुलसी मेहर/नारायणी कलेजले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ । एसईई परिक्षा २०८० को नतिजामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र पढाउने शिक्षक–शिक्षिकाहरुलाई कलेजले सम्मान गरेको हो । कलेजका प्राचार्य रघुनाथ खरालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तुलसी मेहर स्कूलका संस्थापक तथा प्याब्सन केन्द्रिय प्रतिनिधि आशिष श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
Read More
हेटौँडामा शिक्षा सुधार अभियान गठन

हेटौँडामा शिक्षा सुधार अभियान गठन

मकवानपुर । हेटौँडामा शिक्षा सुधार अभियान गठन गरिएको छ । हेटौँडा २ मा आज भएको कार्यक्रममा कमलचन्द्र सुमनको अध्यक्षतामा शैक्षिक सुधार समिति गठन गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका सबै विद्यालयको शैक्षिक सुधार अभियानलाई तिव्र बनाउन गठन गरिएको उक्त समितिको सदस्यहरुमा पुर्व–प्राध्यापकद्वय डा. विमलकेशरी पौडेल, ऋषिराम पोखेल, प्रकाश पौडेल, गीतादेवी यादव, हिमा बिडारी, कृपा थापा मगर, प्रकाश पौडेल, जीतबहादुर तिमल्सेना, सुन्दर दाहाल र सुबोध घलान रहेका छन् । समितिको सल्लाहकारमा रामचन्द्र आचार्य ‘फुर्सदी’ र श्यामप्रसाद छत्कुली रहेका छन् । कार्यक्रममा बोल्दै डाक्टर बिमलकेशरी पौडेलले नेपाल सरकारले लिएको गलत नीतिको परिणामबाट नै एस.ई.ई. परिक्षाफल नकरात्मक आएको बताए । नेपाल वन विज्ञान अध्ययन…
Read More

बाढी, पहिरो लगायतका विपदमा परी हालसम्म ११३ जनाको मृत्यु

मकवानपुर । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९…
Read More
नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न…
Read More
बकैयामा निःशुल्क आँखा शिविर सम्पन्न

बकैयामा निःशुल्क आँखा शिविर सम्पन्न

मकवानपुर ।बकैयामा शनिवार भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ । बकैया गाउँपालिका वडा नं. ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा भएको आँखा शिविरमा बकैया–४ का ३ जना, ७ नं. वडाका ४ जना र ५ नं. वडाका ७२ जनाको आँखा परीक्षण गरिएको हो । शिविरमा आँखा परीक्षण गरिएको मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिए । उनीहरूको आँखाको एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा अप्रेसन गरिने उनले बताए । सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए । बकैया…
Read More

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति प्रदेश प्रमुख शर्माद्वारा दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशका विभिन्न भागमा बाढी पहिरोका कारण हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रेस विज्ञप्ती जारी गर्नुहुँदै प्रमुख शर्माले केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो, डुबान तथा कटानले हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । प्रमुख शर्माले असार २८ को विहानमा चितवनमा दुई वटा यात्रुबाहक बससहित बगाएका यात्रुको खोजी उद्धार तथा राहतका कार्यमा जुट्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । ‘अविरल वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न भागहरूमा माननीय तथा भौतिक क्षति हुन पुगेको छ ।’…
Read More
हेटौँडा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

हेटौँडा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ । आईतबार एक समारोहको आयोजना गरी हेटौँडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरमा रहेका ५ वर्ष मुनिका ५ हजार ७ सय १८ जना बालबालिकालाई पूर्णखोप लगाएसँगै हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको नगरपालिकाले जनाएको छ । आईतबार जिल्ला खोप समन्वय समितिका सचिव कृष्णबहादुर मिजारले नगर प्रमुख मीनाकुमारी लामालाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
Read More
हेटौंडामा मनाइयो भानु जयन्ति

हेटौंडामा मनाइयो भानु जयन्ति

मकवानपुर । भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिले हेटौंडामा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ । शनिबार साहित्यकार, शिक्षक, विध्यार्थी, पत्रकार करिव २०० जना जम्मा भएर सोलिड्यारिटी इन्टरनेशनल माविबाट सुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटीमै पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले भानु जयन्तीलाई प्रदेशहरुमा पनि मनाउन शुरुआत गर्नु महत्वपूर्ण विषय भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लैजानुपर्ने बताए । उनले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिए । उनले साहित्य…
Read More
भानुभक्तको सम्झनामा हेटौँडामा सरसफाइ

भानुभक्तको सम्झनामा हेटौँडामा सरसफाइ

मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा हेटौंडा १ स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । रामेछाप–काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्रहरी निरीक्षक शोभन विक्रम राणा, प्रहरी निरिक्षक कैलाश चौधरी, परीक्षा बोर्ड शाखा प्रमुख कृष्णप्रसाद घिमिरे, समाजका सचिव शुक्रराज लामा , नगर प्रहरी बल, नगर वातावरण शाखा प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियोे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.