बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति प्रदेश प्रमुख शर्माद्वारा दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशका विभिन्न भागमा बाढी पहिरोका कारण हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रेस विज्ञप्ती जारी गर्नुहुँदै प्रमुख शर्माले केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो, डुबान तथा कटानले हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

प्रमुख शर्माले असार २८ को विहानमा चितवनमा दुई वटा यात्रुबाहक बससहित बगाएका यात्रुको खोजी उद्धार तथा राहतका कार्यमा जुट्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

‘अविरल वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न भागहरूमा माननीय तथा भौतिक क्षति हुन पुगेको छ ।’ शर्माले भन्नु भएको छ,‘प्राकृतिक विपत्तिको दुःखद् क्षणमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

प्राकृतिक विपत्तिका कारण कैयौं बेपत्ता, घाइते एवम् घर परिवारविहीन हुनुका साथै अन्य विभिन्न प्रकारका क्षतिमा आवश्यक समन्वय, उद्धार, उपचार, राहत लगायतका कार्यमा सरकार तथा सरोकारवाला सबैको उत्तिक्कै भमिका हुनुपर्ने प्रमुख शर्माको भनाई छ ।

प्राकृतिक विपद्को जोखिमबाट सुरक्षित रहनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारको तयार पार्ने, विपद् जोखिमबाट सुरक्षित रहने खालका संरचना निर्माणमा ध्यान दिने, नागरिक चेतना अभिवृद्धि लगायत कार्यमा लागिपर्न सबैमा प्रमुख शर्माको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.