सबै समाचार

1003 Posts
भेट्रान्स भलिबलको उपाधी नारायणी कलेजले जित्यो

भेट्रान्स भलिबलको उपाधी नारायणी कलेजले जित्यो

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले जितेको छ । हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५–१८ ले गुमाएको नारायणी कलेजले दोस्रो सेट २५–११, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले विजयी बन्न सफल भयो । कार्यक्रममा प्रमुख अतिथि रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले विजेता टिम नारायणी कलेजलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिम भीमफेदी गाउँपालिकालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सेमिफाइनल…
Read More
हेटौँडामा ‘ग्याल्बो राजा’ नेपाली र तामाङ भाषामा विशेष प्रदर्शन हुने

हेटौँडामा ‘ग्याल्बो राजा’ नेपाली र तामाङ भाषामा विशेष प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘ग्याल्बो राजा’ को हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले आउँदो असोज १७, १८ र १९ गते विशेष शो रहने चलचित्रका निर्देशक विनायक तामाङले बताए । ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक ‘चलचित्र ग्याल्बो राजा’मा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र हेटौंडाको आम्याक्स हलमा १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली…
Read More
ज्योति सामुदायिक वनद्वारा २ करोड ५३ हजारको अनुमानित आय-व्यय प्रस्तुत

ज्योति सामुदायिक वनद्वारा २ करोड ५३ हजारको अनुमानित आय-व्यय प्रस्तुत

मकवानपुर । ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा १८ हर्नामाडी ठूलोदमारको ३१ औं साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ५३ हजारको अनुमानित आय-व्यय तथा विभिन्न कार्यक्रमहरु गर्ने निणर्य पारित गरेको छ । समूहका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष रामबाबु खतिवडाले चालु आ.व.को अनुमानित आय-व्यय प्रस्तुत गर्दै गतवर्षझै यसवर्ष पनि वन विकास, सामुदायिक विकास र गरिबी न्युनिकरण लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले समूहको भवन निमाणर् गर्न ६० लाखको कोष निमाणर् गर्ने पनि जानकारी दिनुभयो । समूहको कार्यकाल ५ वर्षको हुनेगरी विधान तथा कार्ययोजना संशोधन गर्ने पनि निणर्य भएको छ…
Read More
सम्पादक न्यौपाने पुरस्कृत

सम्पादक न्यौपाने पुरस्कृत

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरेको छ । न्यौपानेलाई दश हजार राशिसहित शनिबार एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना बुबाको स्मृतिमा स्थापित भएको हो । समाज र महालक्ष्मी विकास बैंकद्वारा संयुक्तरुपमा प्रदान गरिने महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । समाज अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अर्याललाई मन्त्री लामिछाने र…
Read More
कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

मकवानपुर । चर्चित साहित्यकार यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा भएको साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन् । लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी हुन् । लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए। सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी…
Read More
हेटौँडामा जिल्ला जुनियर/युवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न

हेटौँडामा जिल्ला जुनियर/युवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले आयोजना गरेको जिल्ला जुनियर/युवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न भएको छ । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै रेडक्रसको विश्वव्यापी प्रभाव, नेपालमा यसको भूमिका र भविष्यको योजनाहरू र बिपत्तिको समयमा गरेको कामको बारे विस्तृत चर्चा गर्नुभयो। विश्वका धेरै मुलुकहरूमा रेडक्रस संगठनको गठन भएको र यसमा असंख्य मानिसहरू संलग्न रहेको कुरा उहाँले स्मरण गराउनुभयो । उहाँले प्रधानाध्यापक गोष्ठीले विद्यार्थीहरूलाई सामाजिक कार्यमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । "जहाँ दुःख त्यहाँ रेडक्रस" भन्ने आदर्श वाक्यलाई उल्लेख गर्दै, प्रमुख अतिथि मन्त्री थापाले रेडक्रसको भूमिका विपत्ति, प्राकृतिक विपद र…
Read More
‘संविधान दिवस–नेपालीलाई एकतामा बाँधेको दिन–प्रदेश प्रमुख

‘संविधान दिवस–नेपालीलाई एकतामा बाँधेको दिन–प्रदेश प्रमुख

मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनु भएको छ । संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदशे प्रमुख देवकोटाले शुभकामना सन्देश दिंदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औल्याउनु भएको छ । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ बर्ष पूरा भएको छ । “यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु” प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छ । यो सुनौलो विहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति उहाँले श्रद्धाञ्जली व्यक्त…
Read More
वातावरण संरक्षणमा सबै मिलेर लाग्नु पर्नेमा प्रदेशका मुख्यमन्त्री लामाको जोड

वातावरण संरक्षणमा सबै मिलेर लाग्नु पर्नेमा प्रदेशका मुख्यमन्त्री लामाको जोड

मकवानपुर ।बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताएका छन । मङ्गलवार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटांैंडा उपमहानगरपालिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोलसमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री लामाले पछिल्लो समय वन जङ्गल विनाश हुने क्रम दिनप्रति दिन बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताउँदै त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन । उनले पछिल्लो समय अव्यवस्थित बसोबास ,जंगलको भू–माग अतिक्रमण,लगायत कुराहरूले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ भने अर्कोतर्फ त्यसको प्रत्यक्ष असर मानव जातीले भोग्नु परेको बताए । यस्तै कार्यक्रममा प्रदेशका वन…
Read More
मनहरीबाट राक्सिराङ गएको अटो दुर्घटना

मनहरीबाट राक्सिराङ गएको अटो दुर्घटना

मकवानपुर । मनहरी बजारबाट आज दिउँसो सामान र यात्रुसहित राक्सिराङतर्फ गएको अटो बाटोमै दुर्घटना हुँदा अटो चालक घाईते भएका छन् । राक्सिराङ २ कुँडुलेतर्फ गएको अटो राक्सिराङ–३ दमार नजिकै सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको संचारकर्मी ज्ञानेन्द्र थोकरले जानकारी दिएका छन् । दुर्घटनामा अटो चालक कुँडुले निवासी ४१ बर्षीय रमेश परियार घाइते छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । अटो पुर्णरुपमा क्षतिग्रस्त छ, सावधानीवश अटोमा रहेका यात्रुहरु दुर्घटना हुनुभन्दा अघि नै ओर्लिएका कारण उनीहरु भने सकुशल रहेका छन् । उक्त क्षेत्रमा नियमित रुपमा अटो संचालन भएता पनि आवश्यकताभन्दा बढी लोड हुने भएका…
Read More
साहित्यकारअर्याललाई महालक्ष्मी साहित्य पुरस्कार २०८० प्रदान गरिने

साहित्यकारअर्याललाई महालक्ष्मी साहित्य पुरस्कार २०८० प्रदान गरिने

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरे महाकाव्यकार मुना अर्याल पुरस्कृत हुनुहुने भएको छ । असोज ५ गते शनिबार विशेष कार्यक्रमका बिच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले पुरस्कार प्रदान गर्दै आएको छ । मातृभूमिले यो पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको छ । यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा शन्देश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.