हेटौँडामा ‘ग्याल्बो राजा’ नेपाली र तामाङ भाषामा विशेष प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘ग्याल्बो राजा’ को हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले आउँदो असोज १७, १८ र १९ गते विशेष शो रहने चलचित्रका निर्देशक विनायक तामाङले बताए । ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक ‘चलचित्र ग्याल्बो राजा’मा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको कलाकारको अभिनय रहेको छ ।

चलचित्र हेटौंडाको आम्याक्स हलमा १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली भाषामा प्रदर्शन गरिने निर्देशक तामाङले बताए । ‘हामीले १७ गते विहान ९ बजे, १८ गते १२ बजे र १९ गते विहान ९ बजे चलचित्र प्रदर्शन गर्नेछौं, निर्देशक तामाङले भने । उनले चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने बताए । चलचित्र मकवानपुरको विभिन्न स्थान र काठमाडौंमा छाँयाकन गरिएको उनले बताए ।

चलचित्र उत्कृष्ट बनेकाले पार्ट २ पनि निमार्ण गरिने निर्माता संगीता तितुङले बताइन् । चलचित्र निर्माणमा करिब २० लाख खर्च भएको उनले बताइन् । उनले विशेषका लागि तीन सय रुपैयाँ टिकट शुल्क लाग्ने बताइन् । चलचित्रको कथा लेखन निर्माण संगीता तितुङको रहेको छ भने चलचित्रका अन्य निर्मातामा किताबसिं घलान, रमेश स्याङ्तान, सञ्चवीर लो रहेका छन् ।

कालीदेवी मिडिया हाउस प्रा।लिको व्यानरमा निमार्ण भएको चलचित्रलाई विश्व दोङ र नीमा दोङले संयुक्त रुपमा संगीत भरेका छन् । चलचित्रमा राजु किरातको द्वन्द्व र राजु शिशिरको नृत्य निर्देशन रहेको छ । निर्देशक तामाङले यसअघि सेमला दुङ्गाल, ज्योज्यो आले, मैच्याङ, चु माया, मनको साथी, डम्फुरे लगायत १० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुन, तामाङ पत्रकार सङ्घ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, मकवानपुर जिल्ला अध्यक्ष जयराम मोक्तान लगायतको आतिथ्यता रहेको थियो । सम्मेलन चलचित्रकि निर्माता तथा नायिका संगीता तितुङको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.