सागरपथ टोविसको साधारण सभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा, सागरपथ टोल विकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सागरपथ टोविस अध्यक्ष सूर्यबहादुर थिङ्गको सभाध्यक्षतामा भएको अधिवेशन तथा वार्षिक साधारण सभामा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे । नयाँ कार्यसमिति समेत चयन गरिएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख गङ्गा चौलागाईं , टोविस नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य लगायत टोविस अध्यक्ष तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.