वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

मकवानपुर । तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती वडा स्तरिय 8A साइड वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा वडा नं.४ ले वडा नं.२ लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

विजेता टोलिका लागि जर्सी नं.२ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याज हेटौंडा ४ का जर्सी नं. २ का खेलाडी प्रकाश महर्जन घोषित भएका थिए । प्रतियोगितामा सोमबार तीन वटा खेल हुनेछन । सोमबारको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा नं.१६ बिच बिहान सात बजे, दोश्रो खेल दिउँसो १ बजे वडा नं. ६ बिरुद्ध वडा नं.१४ र तेश्रो तथा अन्तिम खेलमा वडा नं. १२ को बिरुद्ध वडा नं. १५ खेल्नेछन ।

लामसुरे खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को मुख्य प्रायोजनमा भएको प्रतियोगिता को बिजेताले नगद १ लाख ११ हजार १सय ११, उपबिजेताले नगद ६५ हजार ५ सय ५५ तथा तेश्रो र चौथो हुने टिमले क्रमस १०/१० हजार प्राप्त गर्नेछन । प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएकोछ ।

यस अघि लामसुरे खेलकुद विकास समितिका संयोजक एंव वडा सदस्य बिष्णु राना मगरको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका का उप प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटनसत्र संचालन गरिएको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.