Day: २०८३ असार १७, बुधबार १४:०२ गते

युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन

युवा उद्यमीलाई हौसला प्रदान गर्न नगर प्रमुखको अनुगमन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वदेशमै स्वरोजगार बन्न चाहने युवाहरूलाई प्रवर्द्धन गर्ने नीतिअन्तर्गत कृषि क्षेत्रमा सक्रिय युवा उद्यमीहरूलाई साथ र सहयोग दिँदै आएको छ। यसैक्रममा हेटौँडा–१४ मा सञ्चालित ‘निश्चलराज एकीकृत कृषि तथा पशुपन्छी फर्म’ को हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नगर प्रमुख लामाले पछिल्लो समय हेटौँडामा व्यावसायिक खेतीतर्फ आकर्षण बढेको र विशेष गरी ‘ड्रागन फ्रुट’ तथा पशुपन्छी पालनमा युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले उत्पादनमूलक कार्यमा लाग्न चाहने युवा उद्यमीहरूका लागि उपमहानगरपालिका सधैँ सहकार्य र सहयोगका लागि तयार रहेको बताउनुभयो। फर्मको निरीक्षणका लागि नगर प्रमुख लामासहित प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली नेतृत्वको टोली पुगेको…
Read More
हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले करदाताहरूलाई लक्षित गर्दै पालिका तहबाटै महत्त्वपूर्ण कर सेवाहरू प्रदान गर्न सुरु गरेको छ। सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब नगरपालिकाको कार्यालयबाटै प्यान (PAN) र भ्याट (VAT) सँग सम्बन्धित प्रशासनिक कार्यहरू गरिने भएको छ। यस व्यवस्थाअन्तर्गत उपमहानगरपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता र रूपान्तरण, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्तःशुल्क दर्ता र नवीकरणको सुविधा उपलब्ध गराएको छ। साथै, करदाताको प्रोफाइल अद्यावधिक गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, दर्ता खारेजी, कार्यालय स्थानान्तरण र शाखा थप लगायतका प्राविधिक सेवाहरू पनि अब सोही कार्यालयबाट प्राप्त गर्न सकिनेछ। यसका साथै नगरपालिकाले करदाता शिक्षा तथा…
Read More
मकवानपुरमा विकास आयोजनाको अनुगमन

मकवानपुरमा विकास आयोजनाको अनुगमन

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले नगरभित्र भइरहेका भौतिक पूर्वाधार तथा निर्माण कार्यको प्रगति र गुणस्तरबारे जानकारी लिनुभएको हो। प्रमुख घलानले महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालयको निर्माणाधीन भवन, तामाङ संग्रहालय र टोनी हेगन पार्कको स्थलगत अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले निर्माण कार्यको गति र त्यसको प्राविधिक गुणस्तरका विषयमा चासो राख्नुभएको थियो। हेटौँडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित विकास निर्माणका कामहरूलाई तोकिएको समयभित्रै सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग सुनिश्चित गर्न विशेष प्राथमिकता दिँदै आएको छ। विकास आयोजनाहरूको अनुगमनले कार्य सम्पादनमा थप पारदर्शिता र जवाफदेहिता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.