२०८३ जेष्ठ २६, मंगलवार १६:२७ गते
२०८३ जेष्ठ २६, मंगलवार १६:२७ गते
हेटौँडा । सरकारी सूचना तथा विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि विभेद गरिएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ मकवानपुरले संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष पठाएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ ७ गतेदेखि सुरु गरिएको हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षरहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई बुझाइएको हो। हस्ताक्षर बुझाउने कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, शाखाका पदाधिकारी तथा जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। महासंघले खर्च कटौतीको नाममा संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले प्रेस स्वतन्त्रतालाई कमजोर…