२०८३ जेष्ठ १८, सोमबार १७:४६ गते
२०८३ जेष्ठ १८, सोमबार १७:४६ गते
हेटौँडा । विश्व वातावरण दिवस-२०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका-४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरू नियन्त्रण गर्न स्वस्थ…