Day: २०८२ माघ २८, बुधबार १५:२८ गते

लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

हेटौंडा/मनहरी गाउँपालिकास्थित भूमि अधिकार मञ्चले नेकपा (मकवानपुर क्षेत्र नम्बर २) का प्रतिनिधिसभा उम्मेदवार लवशेर बिष्टलाई लालपुर्जा नपाएको विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा बफर जोन तथा आरक्षण क्षेत्रभित्र पर्ने भन्दै हालसम्म नापी नभएको र त्यसका कारण समस्या उत्पन्न भएको मञ्चले जनाएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुन नसकेको भन्दै हालसम्मका सरकारले गरिबमाथि थिचोमिचो गरेको आरोप पनि मञ्चले लगाएको छ। अब बन्ने सरकारले मनहरीवासीको समस्या समाधानका लागि पहल गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको मनहरी गाउँपालिका मञ्चका अध्यक्ष सूर्यबहादुर सापकोटाले जानकारी दिए। मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.