Day: २०८२ कार्तिक ११, मंगलवार १७:३१ गते

कर्रा खोलामा डुबेका उमेश वि.क. को ज्यान जोगियो

कर्रा खोलामा डुबेका उमेश वि.क. को ज्यान जोगियो

मकवानपुर । हेटौडा उपमहानगरपालिका–१० स्थित कर्रापुलबाट करिब ५०० मिटर तल कर्रा खोलामा डुबेका एक पुरुषको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ। मंगलबार बिहान करिब ८:२० बजे खोलामा मानिस डुबेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासी गर्दै घाइते व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरेको हो। उद्धारपछि उनलाई तत्काल हेटौडा अस्पतालमा पुर्‍याइएको थियो। उपचारपछि होसमा आएपछि उनले आफ्नो परिचय हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे बस्ने ४४ वर्षीय उमेश बी.क. रहेको बताएका थिए। प्रहरीका अनुसार स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.