Day: २०८२ श्रावण ११, आईतवार १२:५७ गते

मन्त्री थापाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

मन्त्री थापाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालको सेवा प्रवाह, शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधारको निरीक्षण गरेका छन्। चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा गरिएको यस भ्रमणमा प्रतिष्ठानको आगामी योजना र तयारीबारे गहन छलफल भएको छ। निरीक्षणका क्रममा मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटाै‌डा अस्पतालमा सञ्चालन गरिएकाे बीएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बी.फार्मा जस्ता कार्यक्रमहरूको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै अब एमबीबीएस कार्यक्रम सञ्चालनको पूर्वतयारीमा थप गति दिन सुझाव दिनुभयो। हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट ४० पुर्‍याउने तयारीसमेत भइरहेको जानकारी गराइएको छ। उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष…
Read More
साहित्य सङ्गम मकवानपुरको ३५७ औं नियमित सन्ध्या तथा अप्सरा तिम्सिना स्मृति विशेष कार्यक्रम सम्पन्न

साहित्य सङ्गम मकवानपुरको ३५७ औं नियमित सन्ध्या तथा अप्सरा तिम्सिना स्मृति विशेष कार्यक्रम सम्पन्न

मकवानपुर । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा साहित्य सङ्गमको ३५७ औं नियमित सन्ध्या एवम् दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा विशेष कार्यक्रम तथा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगदाताहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि थिए। सल्लाहकारहरू सुबास खनाल, मुक्तिगोविन्द वैद्य, उमा मैनाली, राजुराम राउत, विशाल अधिकारी, उमेश तिमल्सिना, निरा शर्मा, सविता तिमल्सिना, निर्मला भ्लोन, केशव समर्पण, सुवास सजललगायत विशिष्ट व्यक्तित्वहरू कार्यक्रमका अतिथि थिए। कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले स्वागत मन्तव्य राखेकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.