२०८१ चैत्र ३०, शनिबार १३:५२ गते
२०८१ चैत्र ३०, शनिबार १३:५२ गते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले बालगृहलाई स्टेसनरी सामग्री सहयोग गरेको हो । बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताए । वडाध्यक्ष महर्जनले भने ' सियान तथा मकवानपुर रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्नेछौ ।' बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ । उक्त बालगृहका…