२०८१ चैत्र १९, मंगलवार २०:४१ गते
२०८१ चैत्र १९, मंगलवार २०:४१ गते
मकवानपुर । विपद जोखिम न्यूनीकरणका लागि स्थानीयकरणबारे छलफल कार्यक्रम बुधबार हेटौंडामा भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल (डिमान)ले मकवानपुरका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । राष्ट्रिय प्रकोप व्यबस्थापन संजाल नेपालले गैरसरकारी संस्था महासंघ मकवानपुर शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो । स्थानीयस्तरमा क्रियाशिल संघसंस्थाहरुको क्षमता विकास र बाह्य तथा आन्तरिक स्रोतमा पहुँच अभिवृद्धीका लागि नीयर नेटवर्कसँगको सहकार्यमा अभियानको रुपमा काम गरिरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका अध्यक्ष सुर्य थापाले जानकारी दिए । समुदायस्तरमा क्रियाशिल संघसंस्थाहरुसँग विपद जोखिम न्यूनीकरण स्थानीयकरण विषयमा छलफल तथा नीयर नेटवर्कको बारेमा जानकारी र संघसंस्थाहरुको सर्भेक्षण तथा सुचिकृत गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।…