Day: २०८१ चैत्र ८, शुक्रबार १५:११ गते

दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

मकवानपुर । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो जिल्ला स्तरीय खुला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा सुरु भएको छ। थानाभऱ्याङ्ग बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हल, हेटौंडा-११ मा आयोजना भएको प्रतियोगिता चैत्र ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा-११ का वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, डाङ्गडुगे सामुदायिक बनका अध्यक्ष सालिकराम पुडासैनी, सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो। मकवानपुर जिल्ला ब्याडमिन्टन संघले हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका मुख्य प्रायोजक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.