२०८१ माघ ११, शुक्रबार ०६:३४ गते
२०८१ माघ ११, शुक्रबार ०६:३४ गते
मकवानपुर । ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा अवस्थित उक्त गढीको बिहीबार एक समारोहबीच विजय उत्सव मनाइएको हो । राज्यमाथि आक्रमण गर्न आएका करिक २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष झै यस वर्ष पनि एक कार्यक्रमको आयोजना गरी विजय उत्सव मनाएको हो । कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण हुन नसकेको बताए ।…