२०८१ पुष १७, बुधबार २२:३१ गते
२०८१ पुष १७, बुधबार २२:३१ गते
मकवानपुर । हेटौँडामा शेयर ब्रोकरको नयाँ शाखा खुलेको छ । हेटौँडा ४ पारिजात पथ एस.के भवनमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड ब्रोकर नम्बर ४८ को शाखा खुलेको हो । आज बुधबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा त्रीशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडका प्रबन्ध निर्देशक गोविन्द दाहाल, कार्यकारी संचालक मनोज खड्का, संस्थापक गमाप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका पदाधिकारी, समाजसेवी हृयग्रीव आचार्य लगायत लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । आम नागरिकमा शेयर बजारप्रतिको आकर्षण बढेको र लगानीकर्ताको हितको लागि व्यवस्थपित रुपमा हेटौँडामा चौथो शाखा विस्तार गरिएको…