२०८१ मंसिर २१, शुक्रबार २१:२१ गते
२०८१ मंसिर २१, शुक्रबार २१:२१ गते
मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन् । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए । दोलखा जिल्लाको गौरीशंकर…