२०८१ कार्तिक २७, मंगलवार ११:४५ गते
२०८१ कार्तिक २७, मंगलवार ११:४५ गते
मकवानपुर । मकवानपुरे साहित्यकार अनिता न्यौपानेको कथा छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ मा छनोट भएको छ । प्रतियोगिताका लागि यसवर्ष विश्वभरिबाट ९ सय ३७ कथा प्राप्त भएका थिए । प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा छनोट भएका ५२ कथाहरूमा साहित्यकार न्यौपानेको कथा छनोटमा परेको हो । २०८१ असारमा भएको राष्ट्रिय कविता प्रतियोगितामा पनि साहित्यकार न्यौपाने सर्वोत्कृष्ट भएकी थिइन् । साहित्य संगम मकवानपुर र आँचल साहित्य कला पुञ्ज मकवानपुरकी निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको फूलको विद्रोह कविता सङ्ग्रह प्रकाशित भईसकेको छ भने निवन्ध र कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको…