Day: २०८१ कार्तिक २३, शुक्रबार १८:२९ गते

मकवानपुरमा डेंगु सक्रमितको संख्या १८०८ पुग्यो,हेटौँडामा सबैभन्दा बढी डेंगु संक्रमित

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या एक हजार ८०८पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८७० जना महिला र ९३८ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो। आज जिल्लामा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ? हालसम्म हेटौंडा उपमहानगरपालिकामा १ हजार ४६४ जना, थाहा नगरपालिकामा १३ जना,मकवानपुरगढी गाउँपालिकामा ४६ जना,बागमती गाउँपालिकामा ३ जना, कैलाश गाउँपालिकामा ७ पुरुष,मनहरी गाउँपालिकामा १४६ जना, भीमफेदी…
Read More
२०५६ देखि २०७७ सालसम्म कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

२०५६ देखि २०७७ सालसम्म कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिने व्यवस्था मिलाएको छ । बोर्डले सो समयको अवधिमा अनुत्र्तीण भएका विद्यार्थीहरुका लागि अन्तिम एक पटक मौका दिने भन्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि बोर्डले फाराम भर्न आग्रह गरेको छ । बोर्डका अनुसार, रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो…
Read More
कृष्णमन्दिर टोल विकास संस्थाको अध्यक्षमा पूनः सिता चौँलागाईँ

कृष्णमन्दिर टोल विकास संस्थाको अध्यक्षमा पूनः सिता चौँलागाईँ

मकवानपुर । कृष्ण मन्दिर टोल विकास संस्था हेटौंडा ११ को अध्यक्षमा पूनः सिता चौँलागाई चयन भएकी छिन् । संस्थाको बिहीबार भएको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट चौँलागाई सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.