Day: २०८१ कार्तिक १४, बुधबार २१:२८ गते

मकवानपुरमा पटका पड्काउन र राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

मकवानपुर । मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार राति ९ बजेसम्म मात्रै देउसी भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न पाउने जिल्ला प्रशासन मकवानपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै चाडपर्व खुशियाली मनाउँदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जिवनमा असर नपर्ने गरि मनाउन प्रशासनले आग्रह गरेको छ । त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट मानव स्वास्थ्य,सुरक्षामा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ । कानूनले निषेध…
Read More
हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

हेटौंडाबाट लागूऔषधसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–९ र हेटौंडा–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले ७० क्यापसुल लागूऔषध ट्रामाडोलसहित मंगलबार हेटौंडा–९, लामसुरे हाईटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाह नगरपालिका–२ घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्ने वर्ष २३ को शिव शंकर पाण्डे रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । यस्तै, प्रहरीले ७५ एम्पुल लागूऔषध डाईजेपामसहित मंगलबार नै हेटौंडा–१५, रातोमाटे चेकपोइन्टबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.