२०८३ बैशाख २१, सोमबार १६:१९ गते
२०८३ बैशाख २१, सोमबार १६:१९ गते
कैलाश । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउापालिका वडा ४ नम्बर सँग सिमाना गाँसिएको कैलाश बैकुण्ठ क्षेत्रका गर्भवती महिलाहरुले अब आफ्नै गाउँघरको बर्थिङ सेन्टर सुत्केरी गराउन पाउने भएका छन् । यस अघि घण्टौं यात्रापश्चात वडा १ को वरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा प्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसुती केन्द्र सञ्चालन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र भइसकेको अवस्था छ, अब हामीले…